काठमाण्डौको मनोहरामा प्रहरी र गुण्डा समुहबीच दोहोरो भिडन्त , एक घाइते

काठमाण्डौको मनोहरामा प्रहरी र गुण्डा समुहबीच दोहोरो भिडन्त , एक घाइते

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडौँ, ६ असोज।

 राजधानीको मनोहरा क्षेत्रमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् ।

प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् , उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले जानकारी दिनुभयो ।

वरिष्ठ उपरीक्षक लोहनीले भन्नुभयो, “मनोहरा पुल नजिक गुण्डाहरुको एक समूह हतियारसहित बसेको छ भन्ने सूचना हामीलाई प्राप्त भयो । हाम्रो प्रहरी टोली त्यहाँ पुग्दा उनीहरुले दुई गोली चलाए प्रहरीले पनि दुई राउण्ड गोली चलाउँदा रामेश्वर गौतम घाइते भएका छन् ।”

गौतमको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ । गौतम यसअघि पनि गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ