इस्लाम धर्मावलम्बीको आज नयाँ वर्ष

इस्लाम धर्मावलम्बीको आज नयाँ वर्ष

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 

कपिलवस्तु, ६ असोज ।

इस्लाम धर्मावलम्बीको आजदेखि नयाँ वर्ष सुरु भएको छ ।

इस्लाम धर्मावलम्बीको आजदेखि हिजिरी सम्बतको सुरुवात भएको हो । आज हिजिरी सम्वत १४३९ साल मोहरर्म महिनाको १ तारिख अर्थात १ गते हो ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्ष माने झै मोहरर्म महिनाको पहिलो दिन आज नयाँ वर्षको रुपमा मुस्लिम समुदायले मनाइरहेका छन् ।

हिजिरी सम्वत इतिहासको पुरानो साल गते माहिना नाप्ने एकाईको रुपमा स्थापित भएको बताइन्छ । हिजीरी सम्बतको सुरुवात हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमले मक्का छोडेपछि भएको मौलाना कारी कमरुदिन सिद्धिकीले बताउनुभयो ।

हिजरत इतिहासलाई हिजिरी भनिन्छ । इतिहासमा उल्लेख गरिएअनुसार हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमको दोस्रो प्रतिनिधि राजा हजरत उमर फारुखले आफ्नो पालामा लागु गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ