यस्तो छ दशैंको अवसरमा टेलिकमको विशेष अफर ,भोलीदेखि १९ गतेसम्म

यस्तो छ दशैंको अवसरमा टेलिकमको विशेष अफर ,भोलीदेखि १९ गतेसम्म

  • बिहिबार, अशोज ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं , ५ असोज ।
नेपाल टेलिकमले दशैंको अवसरमा ग्राहकहरुका लागि विभिन्न बोनस तथा छुट योजना ल्याएको छ । टेलिकमले रिचार्ज, युट्युव डाटा प्याकेज, कम्बो प्याक, लगायतमा विशेष छुट योजना ल्याएको हो ।

जसअनुसार जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनस पाइने भएको छ । सो योजना असोज ५ देखि १० गतेसम्म लागू हुनेछ ।

यस्तै १० रुपैयाँभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्बो प्याक ल्याएको छ ।

जसअनुसार कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिनका लागि उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै कम्बो प्याकेज अन्र्तगत ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा १ सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १ सय ५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३ सय ६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम उपलब्ध हुनेछ । यो सेवा ३० दिन लिन सकिनेछ ।

यो सेवा भोलीदेखि १९ गतेसम्म लिन सकिनेछ । २१ दिनभित्र प्रयोग गर्न मिल्ने गरी जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ ।

त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ ।

ल्याण्डलाईन फोनमा पनि थप १ सय कल बोनस दिएको टेलिकमले एडीएसएल र वाईम्याक्समा पनि सेवाअवधि थप गरेको छ भने एसएमएसमा ५० प्रतिशत छुट गरेको छ । दशैंको छुटमा फोरजी सिम समेत निस्शुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ