कमल सरगम
काठमाण्डौ।
चलचित्र क्षेत्रकी चर्चित नायिका निता ढुंगानाको अभिनय रहेको अर्को उत्कृष्ट म्यूजिक भिडियो सार्बजनिक भएको छ।गायिका सुष्मा बिश्वकर्मा र गायक सुमन केसीको आवाजमा रहेको उक्त गीतमा सरोज पोख्रेलको संगीत रहेको छ भने अहिले सिने जगतमा व्यस्त निर्देशक सत्यराज चौलागाईको शब्द रहेको छ ।सत्यराज चौलागाईकै निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय भने ठिलेन लामा र नायिका निता ढुंगाना देख्न सकिन्छ।
उक्त म्यूजिक भिडियो राम कुमार केसीको छायांकनमा तयार पारिएको हो भने सम्पादन टेकेन्द्र साहले गरेका हुन ।गीतमा श्रीकाली चौर र साँगाको रमणीय स्थलहरुमा दृश्य कैद गरिएको छ ।प्रेमी प्रेमिका बिचको सम्बन्ध र एक अर्का बीच हुने मायालाई गीतमा देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=GheDlyQkvno]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline