प्रधानमन्त्री देउवा अबुधाबीबाट न्युयोर्क प्रस्थान

प्रधानमन्त्री देउवा अबुधाबीबाट न्युयोर्क प्रस्थान

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

युएई, ३ असोज ।

संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा सहभागी हुन त्यसतर्फ जानुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज युएईको अबुधाबीबाट न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

अमेरीका जाने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी पुग्नुभएका प्रधानमन्त्री देउवा आज बिहान न्युर्योक प्रस्थान गर्दै हुनुहुन्छ ।

युएईको अबुधाबी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा झरेको प्रधानमन्त्री देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डललाई कार्यावाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा काठमाडौँबाट हिजो साझ ५ बजे इतिहाद एअरलाइन्सबाट अबुधाबी जानुभएके थियो ।

प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुनेछ ।
उपप्रधानमन्त्री महरा भने आइतबार नै न्यूयोर्क प्रस्थान गरिसक्नुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ