काठमाडौँ, असोज ३ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान गरेका गर्नुएको छ । संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहा न्यूयोर्क जानु भएको हो ।
देउवालाई उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्तीलगायत मन्त्रीहरुले विमानस्थल पुगी विदाइ गर्नुभयो । देउवा इत्तिहाद एयरको उडान नम्बर २९१ बाट अमेरिका लागेका जानुभएको हो ।
प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिका रहँदा उनले विभिन्न देशका राष्ट्र प्रमुखसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी छन् ।
महासभाको उच्चस्तरीय छलफल न्यूयोर्कमा आजबाट सुरु हुदै छ । प्रधानमन्त्री देउवाले आगामी शनिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले महासभामा नेपालले विश्वमा शान्ति स्थापनामा पु¥याएको योगदान, नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनका साथै आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको विषयमा विश्व मञ्चलाई जानकारी गराउनु हुनेछ ।
महासभाका क्रममा न्युयोर्कमा रहदा प्रधानमन्त्री देउवाले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्नु हुने परराष्ट मन्त्रालयले जनाएको छ ।
यसै क्रममा उहाँले आगामी विहिबार अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच न्युयोर्कबाट फर्किने क्रममा प्रधानमन्त्री देउवाले खाडी राष्ट्रका राजदूतहरूलाई निर्देशन दिने कार्यक्रम समेत तय भएको छ ।
खाडी राष्ट्रका राजदूतहरूलाई ओमानको मस्कटमा रहेको नेपाली दूतावासमा प्रधानमन्त्रीले खाडी क्षेत्रमा नेपालीको सुरक्षाका विषयमा केन्द्रित रहेर निर्देशन दिनु हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार सो भेलामा साउदी अरेबिया, कतार, बहराइन, इजिप्ट, इजरायल, कुवेत, यूएईका राजदूतहरू सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा आगामी १२ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।