क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

  • सोमवार, अशोज २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

सुर्खेत, २ असोज ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन स्थानीय मिडियालाई श्रमजिवी पत्रकार ऐनको कार्यन्वयन गराउने प्रस्ताव पास गर्दै विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ ।

सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारहरुले पाउनुपर्ने न्यूनतम पारिश्रमिकका साथै अन्य सेवा सुविधालाई कार्यान्वयन गराउने प्रस्ताव पास गर्दै प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको संगठनका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

हाल सुर्खेतबाट संचालित २ वटा टेलिभिजन रहेका छन् भने, ५ वटा एफएम रेडियो रहेका छन् साथै २ वटा साप्ताहिक र १० वटा दैनिक पत्रिका नियमित प्रकाशित भैरहेका छन् । संचार गृहलाई लगानी मैत्री गराउनुका साथै श्रमजीवी मैत्री बनाउनेमा क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतले जोड दिने बताएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा नागरिकको जीवनस्तर संग नजोडिएको पत्रकारीता भजनकारीता हुने क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेको भनाई रहेको थियो । विचार र दृष्टिकोण सहितको पत्रकारीता मात्र नभएर अर्थोपार्जनका लागि गरिने पत्रकारीता पनि मिसन पत्रकारीता भएको अध्यक्ष चलाउनेले धारणा राखेका थिए । विचार र दृष्टिकोण विहिन पत्रकारहरुले गर्ने पत्रकारीता प्रष्ट नहुने अध्यक्ष चलाउनेले जिकिर गरे । दृष्टिकोणबाट प्रष्ट नभएका पत्रकारहरुले राजनीतिलाई बुझ्न नसक्ने र राजनितिलाई नबुझेका पत्रकारहरुले मिडिया कन्टेनलाई बुझ्न नसक्ने अध्यक्ष चलाउनेले दावी गरे ।

पत्रकारहरुको पेशागत सुरक्षा, जीवन विमा, प्रयोग गरिने उपकरण, सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने, पत्रकारहरुको छोराछोरीको शिक्षा स्वास्थ्यको व्यवस्था सरकारले गर्नुपर्ने, क्रान्तिकारी पत्रकार संगठनले उठाउदै आएका मागहरु रहेको अध्यक्ष चलाउनेले बताए । नागरिकको अभिव्यक्ति स्वतन्त्रता नहुँदा सम्म प्रेस स्वतन्त्रता हुन नसक्ने दावी गर्र्दै अध्यक्ष चलाउनेले भन्दा आवाज विहिनहरुको आवाज भन्ने गरिएता पनि बोलिरहनेहरुको आवाज बनिरहनु जनपक्षिय पत्रकारीता नभएको जिकिर गरे । लगानीकर्ताले मोफसलका मिडियामा लगानी गर्न नचाहाने र काठमाण्डौँबाट संचालित मिडियाले मोफसलको कन्टेनलाई प्राथमिकता नदिने बताउदै केन्द्र र मोफसलमा सन्तुलित मिडिया विकास हुनुपर्ने अध्यक्ष चलाउनेले धारणा राखेका थिए ।

श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयन गराउन आफुले भिसन मोर्चा सम्हालीरहेको बताउदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनका लागि जस्तो सुकै मुल्य पनि चुकाउन आफु तयार रहेको बताए । उक्त सम्मेलन सफलताको लागि नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, बरिष्ठ बाम्पन्थी पत्रकार तथा साहित्यकार लिलाधर गौतम, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सुर्यप्रकाश कंडेल, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद जीवन शाक्य, क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य दिप बहादुर घर्ती लगाएतकाले शुभकामना मन्तब्य दिएका थिए ।

नवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गर्दै उक्त सम्मेलन सम्पन्न भएको छ । संगठनको उपाध्यक्षमा सरस्वती गौतम, सचिव धनसिंह विक, सह सचिबमा महेन्द्र विष्ट र कोषाध्यक्षमा सिद्ध बहादुर खड्का रहेका छन् भने, सदस्यहरुमा रगविर विश्वकर्मा, हरिलाल महतारा, दिपक अधिकारी, हिराजन बुढा, खीमलाल बुढा र जगत कुमार विक रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ