काठमाडौं ,भदौ २ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अध्यागमन सहायक नायब सुब्बा कोषराज भट्टराईलाई ४० हजार रुपैयाँ घुससहित आज नियन्त्रणमा लिएको छ ।
अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौँमा कार्यरत भट्टराईलाई घुससहित आज नियन्त्रणमा लिएको हो ।
नाता सम्बन्ध भिषा दिने क्रममा विभिन्न बहानामा सेवाग्राहीसंग रकम असुली गरिरहेको भन्ने उजुरीका आधारमा गएको आयोग टोलीले भट्टराइलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगले आजै भट्टराई विरुद्ध हदैसम्मको कारवाही तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline