रौतहट, २ असोज । बुथ कब्जा गर्न खोजेको भन्दै रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ। झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो।
माओवादी कार्यकता र अन्य दलका कार्यकर्ताबीच झडप भएको हो। मतदान सुरु भइरहेको समयमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ।
दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन्। बिहान दश बजे झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ। अहिले मतदान सुचारु रहेको मोलापपुर नगरपालिकाका मतदान अघिकृत बिरेन्द्र कुमार केसीले जानकारी दिएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline