यस्ता छन् मन्त्रीपरिषद बैठकको आजका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद बैठकको आजका निर्णयहरु

  • सोमवार, अशोज २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

असोज २ काठमाण्डौं । 

सरकारले निजी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुने घटना बढेपछि यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एक समिति गठन गर्ने र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रीपरिषद बैठकले अस्पतालहरुमा देखिएको लापरवाही नियन्त्रण गर्न सम्बन्धित चिकित्सकबाट क्षतिपूर्ति गराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदले प्रदेश सभा निर्वाचन प्रयोजनका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
बैठकले गैरआवासीय नेपाली सम्मेलनका लागि उच्चस्तरिय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । सम्मेलन असोज २८ देखि ३० गतेसम्म काठमाडौमा हुँदैछ ।
बैठकले संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणापत्रमा राजदूत दुर्गा भण्डारीलाई हस्ताक्षेर गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।
आणविक अस्त्र निषेध सम्बन्धी सन्धीमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरिएको छ ।

यसैगरी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ ।अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ