राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा सिलिण्डर बम बिस्फोट !

राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा सिलिण्डर बम बिस्फोट !

  • सोमवार, अशोज २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ २ असोज ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।

बूढानिलकण्ठस्थित शर्माको घरमा गएराति अज्ञात समुहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको गेटमा सामान्य क्षति भएको छ ।

घटनास्थलमा विजुलीको तारलगायत अन्य केही वस्तु फेला परेको महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठका प्रहरी नायव उपरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो ।

शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी केही समयअघि मात्र धरौटीमा रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ