रु ९२ लाख तीन हजार अनियमितता गरेको आरोपमा भट्टराई निलम्बित

रु ९२ लाख तीन हजार अनियमितता गरेको आरोपमा भट्टराई निलम्बित

  • आइतवार, अशोज १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 

काठमाडौँ, १ असोज ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले रु ९२ लाख तीन हजार अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराईलाई निलम्बन गरेको छ ।

मन्त्रालयले सरकारी कोषमा दाखिला गर्नुपर्ने रु ९२ लाख तीन हजार दाखिला नगरी अपचलन गरेको पाइएपछि आर्थिक अनियमितता गरेको अभियोगमा आजदेखि निलम्बन गरेको हो ।

भट्टराईले कार्यालय प्रमुख निर्वाचनमा खटिएको मौका पारी रकम अपचलन गरेका थिए । कार्यालयले पटकपटक ताकेता गर्दा पनि सरकारी राजस्वमा पैसा जम्मा नगरी पछिल्लो समय कार्यालयमा समेत अनुपस्थित भएपछि भट्टराई निलम्बनमा परेका हुन् ।

थप छानबिन गर्नका लागि यातायात व्यवस्था विभागले आजै अख्तियारलाई अनुरोध पत्र पठाएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो । अवकाश हुन केही दिनमात्र बाँकी रहेको बेला भट्टराईले राज्यको पैसा अपचलन गरेका थिए ।

विभागले पछिल्लो समय यातायात व्यवस्था कार्यालय कोशी, नेपालगञ्ज, महाकालीलगायतका कार्यालयमा यस्तो प्रकृतिका अभियोगमा कर्मचारीलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ