चितवन, १ असोज ।
नेपाल कम्युनिष्ट पार्टिले आज रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ ।
भ्रष्टचार गरेको आरोपमा नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यालय परिसरमै कालोमोसो र जुत्ताको माला लगाई कार्वाही गरेका हुन् ।
ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनिमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेको लगाएतका आरोप लगाइएको छ ।

माफियाहरुसङ्ग मिलेर घोल र एेलानी जग्गा दलालको नाममा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्तीमा आतंङ्क मच्चाएको पर्चामा उल्लेख गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
