१ असोज,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोका कार्यालय सचिव राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
कार्कीलाई शुक्रबार धनुषाको प्रहरीले धनुुषाको बिसनपुराबाट पक्राउ गरेको नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज सन्देश पौडेलले जानकारी दिए ।
तराईका आठ जिल्लामा सोमबार तेस्रो चुनाव हुँदैछ । चुनाव खारेजी अभियानमा रहेका नेकपाका नेतालाई चुनावको अघिल्लो दिन गिरफ्तार गरेको छ ।
कार्कीको गिरफ्तारीको भत्सर्ना गर्दै बिनासर्त अविलम्ब रिहा गर्न पौडेलले सरकारसँग माग गरे । रिहा नगरे प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline