आखिर मधेशमा ठूलो को बन्ला त ?

आखिर मधेशमा ठूलो को बन्ला त ?

  • आइतवार, अशोज १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बीरगञ्ज असोज १ । लामो आन्दोलन, कहिले मधेश अलग्गै प्रदेश, कहिले सिके राउतको मधेश राष्ट्रको कुरा र सत्तारुढ काग्रेस माओवादी र विपक्षी एमाले सबैले मधेशको ८ जिल्ला अर्थात अहिलेको २ नं प्रदेशको निर्वाचनको पूर्व सन्ध्यामा सबै दलले आफू ठूलो हुने दावी गरीरहेका छन् ।
माओवादी, काग्रेस र एमालेले एक अर्काको पार्टीका नेता कार्यकर्ता तान्ने र प्रवेश गराउने होडवाजी नै चलाएका छन् ।
तेस्रो चरणमा हुन लागेको यो चुनावमा यी दलहरुले आ आफ्नै एजेण्डा बनाएका छन् र दावी आ आफ्नै छ पहिलो शक्ति बन्ने ।

अहिले सबै भन्दा मधेश विरोधी शक्तिको रुपमा भनिएको एमाले पनि कम्मर कसेर पहिलो हुने होडमा लागेको छ ।
काग्रेसले भारतसगँ सम्बन्ध सुमधुर बनाएको र अब मधेशबाटै जन्मिएको काग्रेस पहिलो हुने दावी उसको छ ।
एकातिर माओवादी पनि कम्मर कसेल लागेको छ उसले पनि संघीयताको एजेण्डा माओवादीको भएकाले पार्टी पहिलो हुने जिकिर गरेको छ ।
त्यस पछि मधेशको मसीहाको रुपमा उभिन खोजेको राजपाले यही भनेर दावी नगरे पनि उसको अस्थित्वको प्रश्न यसै चुनावले निधो गर्ने छ ।
अहिले चुनाव जीताउने रणनीति बनाउदै उपत्यका र बाहिरबाट समेत कार्यकर्ता ओसारेर चुनाव जीत्न पैसाको खोलो बगाईरहेका मध्य कसले चुनाव जीत्ने हो अब भोली बेलुकाबाट टुंगो लाग्ने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ