माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एमालेमा प्रवेश , यस्तो छ रहश्य !

माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एमालेमा प्रवेश , यस्तो छ रहश्य !

  • आइतवार, अशोज १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१ असोज,काठमाडौं । चुनवाको मुखमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लालसिंह काउछा एमालेमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड चुनावको प्रचारको लागि देशभर दौडिरहेका बेला काउछा अन्य १२ जना नेतासहित एमालेमा प्रवेश गरे ।

एमाले पृष्ठभूमि भएका काउछा माओवादी केन्द्रमा रहँदा पनि एमाले निकट थिए । उनीमाथि पार्टीको योजनाभन्दा पनि गोप्य सूचना एमालेलाई दिँदै आएको आरोप लाग्दै आएको थियो ।

माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीले कारवाही गर्ने तयारी गरेपछि काउछा एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काउछासहित शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनोज खत्री, विष्णु शर्मा, हिमालय बख्रेल, बाबुलाल लामा, लोकबहादुर पुन मगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, दिलकुमारी थापा र उमा हमाललाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ