आज विश्वकर्मा पूजा ,पार्टपुर्जा र यन्त्र आदिका पुजा गरी मनाइदै

आज विश्वकर्मा पूजा ,पार्टपुर्जा र यन्त्र आदिका पुजा गरी मनाइदै

  • आइतवार, अशोज १, २०७४
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

काठमाडौँ, असोज १ ।
फलाम सँग जोडिएका विभिन्न औजार, मेसिन, पार्टपुर्जा र यन्त्र आदिका पुजा गरी विश्वकर्मा पुजा आज मनाइदै छ। हरेक वर्ष असोज १ गतेका दिन विश्वकर्मा पुजा मनाउने गरिन्छ ।

आजका दिन पसल, उद्योग र कलकारखानामा राखिएका विश्वकर्माको तस्विरमा पुजा आजा गर्ने गरिन्छ । विहान उठी नुहाई धुवाइ गरी विश्वकर्मालाई धुप बत्ती, नैवेद्य, लड्डु चढाएर पुजा गर्ने प्रचलन छ ।

यसरी पुजा गरेको पाटपुर्जा र औजार तथा मेसिनलाई आज दिनभर प्रयोगमा ल्याइदैन । आजका दिन प्रत्येक सवारी धनीले आफ्नो सवारी साधनको पनि पुजा गर्ने प्रचलन छ ।

विश्वकर्माको पुजा गर्नाले सफलता मिल्ने र औजार पाटपुर्जाबाट कुनै क्षति नहुने, घाटा नहुने, दुर्घटना नहुने विश्वास छ । विश्वकर्मा पुजाका दिन पुजा गरेका फूल अक्षता त्यहि राखी भोलि नजिकैको खोलामा लगेर प्रसाद विसर्जन गर्ने गरिन्छ ।

यस्तै विश्वकर्मा पुजा समाजले आज विश्वकर्मा पुजा कार्यक्रमको आयोजना गरेको छ । पुजाको अवसरमा भक्ति अनुष्ठान तथा सांगीतिक कार्यक्रम समेत गरिदै छ।

बुटवलको सिद्धबाबा, नवलपरासीको दाउन्ने, जनकपुर, महोत्तरी लगायतका तराईका जिल्लामा विशेष हर्षाेल्लासका साथ विश्वकर्मा पुजा मनाइने गरिन्छ ।

यसैबीच आज विज्ञान दिवस पनि मनाइदैंछ । विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको हो ।

पाँच बर्षअघि देखि नै यो दिवस मनाउने गरिए पनि जनस्तरसम्म पुग्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ