काठमाडौ ३१ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिङ राना मगरलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
उहाँलाई देवचुली नगरपालिकामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी नविनराज राईले बताउनुभयो ।
यस्तै जील्ला सदस्य प्रेम ढकाललाई पनि आजै प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको घटनाको अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको डिएसपी राईले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline