काठमाडौ ३१ भदौ ।
गृहमन्त्रालयले सोमबार दुई नम्बर प्रदेशका आठ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान विभाग गरी चार वटै सुरक्षा निकायका आवश्यक जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले मतदाता र मतपत्रको सुरक्षाका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको भन्दै ढुक्का भएर मतअधिकारको प्रयोग गर्न मतदातामा अपिल गर्नुभएको छ ।
निर्वाचन सुरक्षाका लागि भारतसँग नाका जोडिएका सीमाहरु ७२ घण्टाका लागि शिल गरिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखि भारतसँग सिमा जोडिएका क्षेत्रको सुरक्षालाई विषेश प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline