अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

 

काठमाडौँ, ३० भदौ । मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको यहाँ आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ ।

बीस वर्ष लामो जलविद्युत्को विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत् आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण शुरु गर्न लागेको छ ।

यस्तै सोलुुखुुम्बुु जिल्लाको बुुदुुम खोलाबाट ११.८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन शुरु गरेको सो अवसरमा जानकारी दिइयो ।

यस्तै काबेली बी एक नामक २५ मेगावाट क्षमताको अर्को आयोजना आगामी चैतभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरेको छ ।

नेपालका जलविद्युत् कम्पनीमध्ये हरेक वर्ष पहिलो वार्षिक साधारणसभा गर्ने र कम्पनीको हिसाब किताब सर्वसाधारणका लागि सार्वजनिक गर्ने पहिलो कम्पनी रहेको कार्यकारी अध्यक्ष न्यौपानेले दाबी गर्नुभयो ।

कम्पनीले इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई अभ्यास अध्ययन र अध्ययनपश्चात् रोजगारीको अवसरसमेत प्रदान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ