सार्वजनिकस्थलमा हत्या, हिंसा र बलि प्रथा रोक्न माग

सार्वजनिकस्थलमा हत्या, हिंसा र बलि प्रथा रोक्न माग

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 

काठमाडौँ, ३० भदौ । सार्वजनिकस्थलमा जनावरमाथि हुने हत्या, हिंसा एवं बलि प्रथा रोक्न माग गर्दै राजधानीमा सचेतनामूलक ¥याली प्रदर्शन गरिएको छ ।

धार्मिक सङ्घसंस्था र जनावरको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा आज भद्रकाली मन्दिरबाट शुरु भएको सचेतनामूलक अभियान शहीदगेट, न्यूरोड, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर जनचेतनामूलक सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले धर्मका नाममा शास्त्रमा नभएको अबोध जनावरलाई बलि दिने प्रथा अन्त्य गर्न माग गर्नुभयो ।

विसं २०७२ जेठ १८ गते दक्षिणकाली मन्दिरबाट बलि प्रथा एवं हत्या हिंसाविरुद्ध अभियान शुरु भएको नेपाल अहिंसाप्रेमी शाकाहारी समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ