महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिनुभएको छ ।

पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उहाँले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गर्नुभयो ।

विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उहाँले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन÷कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख ओनसरी घर्तीले महिला, दलित तथा अन्य उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि पनि समयभित्रै संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन सबैमा अपिल गर्नुभयो ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको नीति निर्माण तहमा सहभागिताका लागि स्थानीयस्तरबाटै शुरू गर्नुपर्छ भन्नुभयो ।

करिब एक घण्टाको वृत्तचित्रमा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, निवर्तमान प्रधानन्यायाधीश सुशील कार्कीलगायत संघर्षबाट स्थापित विभिन्न व्यक्तिको व्यक्तित्व, संघर्ष र सफलतालाई समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ