बनेपामा शेयर कारोबारको रकम कम

बनेपामा शेयर कारोबारको रकम कम

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

 

बनेपा, ३० भदौ । शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ÷नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ ।

बनेपामा भिजन सुक्युरिटिज प्रालि (३४), र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकास अधिकारीले शेयर बजारमा आएको गिरावटले आर्थिक कारोबार कम भएको उल्लेख गर्दै नयाँ÷नयाँ लगानीकर्ता केही हतास भएको बताउनुभयो । उहाँकाअनुसार बिहीबारको कारोबार अन्य दिनको तुलनामा सन्तोषजनक भएको थियो । सो शाखामार्फत यो साता रु पाँच करोड २६ लाख ५२ हजार ७०० को शेयर कारोबार भएको छ ।

गत साता उक्त ब्रोकर कार्यालयबाट तीन दिनको अवधिमा रु पाँच करोड ७२ लाख ६० हजार ९५ को शेयर कारोबार भएको थियो । क्रियाटिभ सेक्युरिटिज प्राली बनेपाले यो साता रु तीन करोड ३९ लाख ४२ हजार २१७ को कारोबार गरेको छ । गत साता सो ब्रोकर कार्यालयले तीन दिनको अवधिमा रु दुई करोड १८ लाख ९१ हजार ५९ को शेयर कारोबार गरेको थियो ।

क्रियाटिभ सेक्युरिटिज प्राली बनेपा शाखाका प्रमुख राजेन्द्र मर्हजन शेयर कारोबारमा गिरावट आएका कारण नयाँ लगानीकर्तामा उत्साह नभएको बताउनुहुन्छ । उहाँकाअनुसार बनेपा बाहेक, धुलिखेल, पनौती, भक्तपुरबाट पनि शेयर कारोबार गर्न लगानीकर्ता आएका छन् । बनेपामा यी दुई ब्रोकर कार्यालयसहित तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दैआएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ