भक्तपुरमा आजबाट ‘हाम्रो दशैं मेला’ सुरु

भक्तपुरमा आजबाट ‘हाम्रो दशैं मेला’ सुरु

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर, ३० भदौ । दशैंको अवसर पारेर भक्तपुरमा आजबाट हाम्रो दशैं मेला सुरु भएको छ । सल्लाघारीस्थित मैदानमा सुुरु भएको मेला विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले उद्घाटन गर्नु भएको हो ।
चन्द्र सूर्य इभेन्ट प्रा.लि.ले आयोजना गरेको मेला आजबाट असोज ५ गतेसम्म संचालन हुनेछ । मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानिय उत्पादनदेखि विभिन्न देशी बिदेशी उत्पादनहरु रहेका छन् भने, सांस्कृतिक झाँकि प्रहसन का साथै मेला अवधिभर नेपालका चर्चित गायक गायिकाका साथै हाँस्य कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गर्ने मेला संयोजक रोजिन मिश्रले बताउनु भयो । स्थानीय उत्पादन प्रमुख रहने मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल छन् । मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल छन् ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको उहाँले बताउनु भयो ।
मेलामा विद्यार्थीको लागी प्रवेश शुल्क बिद्यार्थीहरुलाई ३० र अन्य सर्वसाधारणको लागि ५० रुपैँया तोकिएको छ । जेष्ठ नागरिक र पाँच बर्ष मूनिको हकमा निःशुल्क प्रवेशको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
उक्त मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतकाले अवलोकन गर्ने आयोजकले जनाएको छ । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेलामा १ सय १३ स्टल रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ