ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड,५ हजार बढी स्मार्ट फोन बिक्री, ७ करोड ५० लाख बढीको कारोबार

ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड,५ हजार बढी स्मार्ट फोन बिक्री, ७ करोड ५० लाख बढीको कारोबार

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ , २९ भदौ ।
ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अबलोककर्ताको घुइँचो लागेको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए । लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्र मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक , ब्लुतुथ हेडफोनको लक्की ड्र मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।
सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले अशोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।


मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ । हरेक बर्ष जस्तो यो बर्ष पनि दशंै देखि तिहार सम्म हरेक दिन लक्की ड्र मार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ ।


मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ, लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार भइरहेको छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ