सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

 

काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न आजदेखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ ।

सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान÷बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित निकायलाई दिइने छ । सेवाबाट मुलुकभरका कुनै पनि अदालतमा हुने कार्यक्रममा सीधै प्रधानन्यायाधीश तथा न्यायधीशले प्रशिक्षण, तालिम र गोष्ठी समेत सम्बोधन गर्ने छन् ।
भिडियो कन्फेरिन्सङ सेवाको आज प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान र पोखराका मुख्य न्यायधीश पुरुषोत्तम भण्डारीसँग कुराकानी गरेर शुरुआत गर्नुभयो ।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीले सो सेवाबाट न्याय सम्पादन छिटो छरितो, सहज र सुलभ हुने बताउनुभयो । अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले न्यायालयलाई प्रविधिमैत्री बनाउन कन्फेरेन्सिङ सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले न्यायपालिकालाई कागजविहीन बनाउने अवधारणानुरुप कागजी पत्राचारको सट्टा सफ्टवेयरको प्रयोग गरी अनलाइनबाट सेवा दिन थालिएको बताउनुभयो ।

सर्वोच्च अदालतले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनानुसार ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ दिन सेवा शुरु गरेको सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ