शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

 

काठमाडौँ, २९ भदौ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ ।

धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.४१ बिन्दुले बढेको छ ।

कूल १६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेयर रु ६३ करोड ५० लाख पाँच हजार ३५३ बराबरमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक कोर्ष करेक्सनमा लागेको र आज बजार वृद्धि भएको बताइन्छ । धेरै कम्पनीले बोनस तथा नगद लाभांश वितरण गरिरहँदासमेत बजार ओरालो लागेपछि धितोपत्र बजारमा निराशा छाएको थियो । नेपाल इन्भेस्टर्स फोरमले भने लगानीकर्तालाई संयम हुन र नआत्तिन आग्रह गरेको थियो ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज अधिकांश समूहको शेयर मूल्य बढेको छ । बैंकिङ ३६.९७, व्यापार १७.१४, होटल ४३.६, विकास बैंक २३.९१, जलविद्युत् १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन ३४.११ र अन्य समूह १०.१४ बिन्दुले बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ