महसुल नबुझाउने ३०५ ग्राहक कालो सूचीमा

महसुल नबुझाउने ३०५ ग्राहक कालो सूचीमा

  • बुधबार, भदौ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

धनगढी, २८ भदौ । नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्को महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् ।

लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताउनुभयो । कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन् ।

यी ग्राहकबाट महसुलबाफत रु ३३ लाख रकम असुल गर्न बाँकी छ । विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु बक्यौता रकम बुझाउन ऊर्जा मन्त्रालयले जारी गरेको १५ दिने सूचनाको समय सकिएसँगै प्राधिकरण धनगढी शाखाले महसुुल नबुझाई बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेको हो ।

तीन दिनमा ४० भन्दा बढी ग्राहकको लाइन काटिएको छ । लाइन काटिएसँगै कतिपय ग्राहकले बक्र्यौता रकम बुझाएर पुनः लाइन जडान गर्न थालेका छन् । गत असारमा नेपाल विद्युत् प्राधिकरण धनगढीको झण्डै रु १२ करोड बक्यौता असुल गर्न बाँकी छ । बक्यौता रकम सबैभन्दा बढी सडक बत्तीको रु पाँच करोड ४३ लाख छ । ग्राहकतर्फ रु एक करोड ९२ लाख, व्यापारिक क्षेत्रतर्फ रु एक करोड, उद्योगतर्फ रु दुई करोड र सामुदायिक क्षेत्रतर्फ रु एक करोड बक्यौैता रहेको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी