टोलटोलमा बालविकास केन्द्र आवश्यक : मन्त्री कोइराला

टोलटोलमा बालविकास केन्द्र आवश्यक : मन्त्री कोइराला

  • बुधबार, भदौ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

काठमाडौँ, २८ भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताउनुभएको छ ।
प्रारम्भिक बालविकासका लागि सांसदहरुको सहकार्य समूह (ककस) र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री कोइरालाले अभिभावक सचेतना र जिम्मेवारी किटान गरी बालविकास केन्द्रको विस्तार गर्नुपर्ने बताउनुभएको हो ।

हाल सामुदायिकस्तरमा ३० हजार ४४८, निजीस्तरमा पाँच हजार ६४५ गरी ३६ हजार ६४५ बालविकास केन्द्र तथा पूर्व प्राथमिक शिक्षालय छन् ।

इसिडी ककसका सदस्यले संविधानमा बालअधिकारलाई मौलिक हकमा राखिए पनि उनीहरुको शिक्षा, पोषण र स्वास्थ्यका विषयमा कुन निकायको जिम्मेवारी के हो भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सांसद रुक्मिणी चौधरी, उफीलाल उखेडा, कुन्तीकुमारी शाही, पूर्व सांसद सीता पौडेलललगायतले जग बलियो भए मात्र घर बलियो हुने तथ्यलाई मनन् गरी सरकारले प्रारम्भिक बालविकासमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षाविद् डा किशोर श्रेष्ठ, शिक्षा विभागका उपनिर्देशक हरि खनाल र अधिवक्ता चन्द्रिका खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै प्रारम्भिक बालविकासको विभिन्न आयामबारे चर्चा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ