आफुलाई आइजी बनाउन माग गर्दै सिलवालद्धारा दायर रिट सर्वोच्चले खारेज गर्यो

आफुलाई आइजी बनाउन माग गर्दै सिलवालद्धारा दायर रिट सर्वोच्चले खारेज गर्यो

  • मङ्लबार, भदौ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ २७ भदौ ।

डिआइजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन दायर गरेको रिट सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले आज खारेज गरेको छ ।

योसँगै सरकारको प्रकाश अर्याललाई आइजी बनाउने निर्णय सदर भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको हो । पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य हुनुहुन्थ्यो ।

सर्वोच्चको फैसलामा कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै नवराज सिलवालभन्दा अघि देखिएको उल्लेख गरिएको छ । यसअघिको फैसलामा भने सिलवाललाई राखेर उल्लेख गरिएको थियो ।

आजको फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र छ ।

सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक गतवर्ष चैत ८ गते सर्वोच्चले कार्य सम्पादन, मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवालअगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो ।

आदेशविपरित सरकारले चैत २८ गते महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो । उक्त नियुक्तिविरुद्ध सिलवाल पुनः सर्वोच्च पुग्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ