अबदेखि राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० !

अबदेखि राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० !

  • मङ्लबार, भदौ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, भदौ २७ । व्यवस्थापिका–संसदको सुशासन समितिले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

समितिको आज बसेको बैठकले छलफलपछि बिधेयक पारित गरेको हो ।
नयाँ संशोधनमा राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० र उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ हुने प्रस्ताव गरिएको छ ।

राष्ट्रपतिलाई पोसाक सुविधामा प्रतिवर्ष २५ हजार र उपराष्ट्रपतिलाई २० हजार रुपैयाँ तोकिएको छ ।

यस्तै आजको बैठकले नेपाल टेलिभिजनमा अनियमित तरिकाले कर्मचारी भर्ना गर्न लागेको भन्दै तत्काललाई रोक्न निर्देशन दिएको छ ।

बैठकले ठूलो संख्यामा कर्मचारी माग गर्दा संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको ठहर पनि गरेको छ ।

यसैगरी, न्यूनतम् प्रक्रिया पनि नर्पुयाइ कर्मचारी भर्ना प्रक्रिया अघि बढाउनु उचित नहुने समितिको निष्कर्ष छ ।

समितिले लोकसेवाको अनुमतिबाटमात्रै भर्ना प्रक्रिया थाल्नसमेत निर्देशन दिएको छ ।

नेपाल टेलिभिजनले यही भदौ १४ गते विज्ञापन गरी ६ जना संवाददाता, १४ जना समाचारवाचक र ६ जना कार्यक्रम निर्माता माग गरेको थियो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहालले विभिन्न कारणले समाचारवाचक, संवाददातालगायतको संख्या कम भएकाले कर्मचारी थप्नुपरेको तर्क गर्नुभएको थियो ।

उहाँले प्रतिस्पर्धा र नयाँ सोचअनुसार टेलिभिनलाई अघि नबढाए टेलिभिजनको भविष्यसमेत अन्योलमा पर्ने बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी