काठमाडौ २७ भदौ ।
महोत्तरीको गौशाला नगरपालिका–८ मा सिलिण्डर बम बिस्फोट भएको छ । स्थानीय उमेश महतोको उखुवारीमा अज्ञात समूहले राखेको बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक साता मात्र बाँकी रहेका समय भएको सिलिन्डर बम बिफोस्टका कारण आफूहरु थप सजग भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले ग्यास सिलिन्डरको माथीको गोलो रिंग, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायव उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline