हिमार्शाको दौरा सुरुवाल बजारमा

हिमार्शाको दौरा सुरुवाल बजारमा

  • मङ्लबार, भदौ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, २६ । हिमार्श प्रालिले आफ्ना उत्पादनहरु दौरा सुरुवाल बजारमा ल्याएको छ । कम्पनीले सोमबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले उत्पादन गरेको दौरा सुरुवाल सार्वजनिक गरेको हो ।
१० जना युवाहरुको समूहले हिमार्सा नामक कम्पनी दर्ता गरी संयुक्त रुपमा दौरा सुरुवाल उत्पादन गर्न थालेको कम्पनीका अध्यक्ष किशोर लामिछानेले बताए । अध्यक्ष लामिछानेले पछिल्लो समय मुलुकको शास्त्रीय पहिचान झल्काउने दौरा सुरुवाल छायाँमा पर्दै गएकाले सबै सामू सहज रुपमा उपलब्ध गराउने अठोटका साथ कम्पनी स्थापना गरिएको बताए । ‘सगरमाथाको चुच्चो मानिने ढाका टोपिको शिर र नग्न पहाड तराई ढाक्ने कवज दौरा सुरुवाल हो’ कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले भने– ‘दौरा सुरुवाल चाहिएमा अनलाईन अर्डर गर्नुहोस्, हामी फ्री डेरिभरी गरिदिन्छौं ।’ अन्य दौरा सुरुवालको भन्दा मूल्य पनि सस्तो रहेको उनको भनाई थियो ।
कम्पनीले हिमार्सा डटकममा गएर अनलाई अर्डर गर्ने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीले पत्रकार सम्मेलन मार्फत आफूले उत्पादन गरेको दौरा सुरुवालको गुणस्तर समेत उत्कृष्ट रहेको जनाएको छ । इन्जीनियरिङ, म्यानेजमेन्ट तथा कृषि बिषय अध्ययन गरेका १० युवाहरुको कम्पनीमा लगानी रहेको छ । कैलालीका किशोर लामिछाने, कैलालीकै क्षितिज रावल र विमल तिवारी, बाग्लुङका कृष्ण उपाध्याय, डोटीका विष्णु बोगटी र कसीस मल्ल, महेन्द्रनगरका गणेश मल्ल, सुर्खेतका राम आचार्य र धादिङका अञ्जन चापागाँईको समूहले दौरा सुरुवाल उत्पादन गर्न थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी