ब्रिटिस आर्मी भर्तीमा यसरी हुन्छ पैसाको खेल

ब्रिटिस आर्मी भर्तीमा यसरी हुन्छ पैसाको खेल

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

पोखरा ,२६ भदौ। पिपल्स् एक्सन पार्टी र गोर्खा जस्टिस् पोखराले ब्रिटिस आर्मी र सिंगापुर पुलिसको भर्ती प्रव्रिmयामा पैसाको ठुलै चलखेल हुने गरेको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन नै गरेर पिपल्स् एक्सन पार्टीका अध्यक्ष बलराम थापामगरले परीक्षाहरुमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने युवालाई पनि फेल गर्ने गरेको आरोप लगाए ।

उनले भने, ‘अनुचित लाभका आधारमा आफंैले चाहेका व्यक्तिहरुलाई भर्ती लिने गरिएको छ ।’
‘भर्ती छनोटका लागि पुल अप १८, सिटअप १ सय १२ गरेको र आठ सय मिटर दौड २ मिनेट ११ सेकेन्डमा पार गर्ने योग्य व्यक्तिको नाम एआरो सेलेक्सनमा पनि निस्केन’, अध्यक्ष थापामगरले भने । पैसाकै चलखेलका कारण योग्यलाई पनि फेल गराउने गरेको उनको पनि आरोप थियो ।

पोखरामा विभिन्न तालिम केन्द्रले ब्रिटिस आर्मी भर्तीको प्रशिक्षण चलाउँछन् । तीमध्ये सेटिङ मिलेका प्रशिक्षण केन्द्रबाट त्यहींको पोसाक लगाएर गएकाहरुलाई चयन गर्ने गरिएको थापामगरको भनाइ थियो । ‘फलानो तालिम केन्द्रबाट आएको हो भनेर चिनिने गरी जान नपाउने व्यवस्था हुनुपर्ने हो त्यस्तो छैन’, उनले भने । पैसा बुझाउन नसकेकै कारण थुप्रै योग्य युवा भर्ती हुनबाट बञ्चित भएको थापामगरले सुनाए । सिंगापुर पुलिसमा भर्ती लिन आएका अफिसरले आफ्नो गाउँका युवामात्रै लिएको आरोप पनि उनले लगाए । ‘यहाँ उनीहरुको ठूलो सञ्जाल छ, कसैले चुइँक्क बोल्न सक्ने अवस्था पनि थिएन’, उनले भने, ‘डर धाकधम्की पनि देखाइन्छ, त्यसैले सर्वसाधारणले बोलेनन्, हामीले आवाज उठायौं ।’

गोर्खा जस्टिस्का अध्यक्ष नरेश गुरुङले भर्ती छनोट गर्दा डिजिटल स्कोर बोर्डबाट नजिता सार्वजनिक गर्ने व्यवस्थाको खाँचो औंल्याए । भर्ती चयन गर्न बहालवाला ब्रिटिस आर्मीको सट्टा अवकाशप्राप्तहरु बस्ने हुनाले गडबडी भएको उनको आरोप थियो ।

कार्यक्रममा सहभागी भएका इन्द्रा थापाले छोराले बेलायती सैनिकमा भर्ती हुने परीक्षामा सहभागी भएपछिको अवस्था यसरी पोखेका थिए , परिक्ष दिएर नतिजाका पर्खाइमा थियो । नतिजा आउने भनिएको दिनअघि नै असफलताको सूचना आयो ।
‘भदौ २४ गते रिजल्ट आउँछ भनेका थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं’, इन्द्राले भनिन् । पैसाको चलखेलकै कारण आफ्नो छोरा भर्ती हुन नपाएको उनले गुनासो गरिन् । ‘भर्ती गराइ दिए बापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ ।’
बेलायती सैनिक भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाले दलालहरुका विरुद्ध आफूले सम्पत्ति शुद्धीकरणका र अख्तियार दुरुपयोग आयोगसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए । ‘भर्तीमा पैसाको खेल हुन्छ भन्ने धेरैलाई थाहै छ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ