काठमाण्डौ , २६ भदौ ।
नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार उमेश पौडेललाई ज्यानमार्ने धम्की आएको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरको ध्यानाकर्षण भएको जनाएको छ ।
नयाँ पत्रिकामा सोमबार प्रकाशित समाचारको विषयलाई लिएर ज्ञानप्रसाद (जेपी) पौडेलले पत्रकार पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको प्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाउर्दै कार्वाहिको माग गरेको छ ।
आज साखाका सचिव सविन शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ , समाचार प्रकाशनको विषयलाई लिएर कानूनी उपचार गर्ने स्थान हुँदा हुँदै पत्रकारमाथि धम्की दिने विषय निन्दनीय छ । घटनाको यस शाखा घोर भत्र्सना व्यक्त गर्दछ ।
नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गर्ने पत्रकारलाई धम्की आउनु प्रेस माथिको आक्रमण हो । पत्रकारलाई स्वतन्त्रपूर्वक आम जनतालाई सूसुचीत गराउनबाट रोक्ने खोज्नेमाथि कारवाही गर्न सरकारसंग यस शाखा माग गर्दछ । धम्क्याउनेमाथि आवश्यक कारवाही गरी पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न शाखा सरकारसंग माग गर्दछ , विज्ञप्तीमा उल्लेख छ।