प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले’ आयोगले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियरमा २०३६ चैत ५ गते नियुक्त भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरिएको सम्पत्ति विवरण अमिल्दो रहेको पाइएको आयोगको ठहर छ ।

आयोगका अनुसार श्रेष्ठले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्तिका सम्बन्धमा तथ्य प्रमाण छानबिन एवं विश्लेषण गरी हेर्दा निजले आयआर्जन गरेको वैध आयको तुलनामा रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो । आयोगले बिगोअनुसारको जरिवाना र कैद सजाय माग गरेको छ ।

भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको तथा स्रोत नखुलेको चलअचल सम्पत्ति निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य, छोरा कमलेन्द्रलाल र छोरी प्रेरणाका नाममा बदनियतसाथ राखेको तथा लुकाएछिपाएको पुष्टि हुन आएको जनाई जफत गर्ने माग दाबीसमेत आयोगले जनाएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी