भोट माग्न सारी र सारी भित्र एक हजारको नोट बाडिएको प्रचण्डको दावी

भोट माग्न सारी र सारी भित्र एक हजारको नोट बाडिएको प्रचण्डको दावी

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भदौ २६ सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तराईमा आफुहरुको पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्। ‘पहिलो बन्छनै भन्न अहिलेनै सक्दिन किनकी चुनावी परिणामले देखाउने कुरा हो’, दाहालले भने ‘तर पहिलो बन्ने संभावना तर्फ लागेको छ।’

तराईका विभिन्न जिल्लाको चुनावी सभामा सहभागि भएर काठमाडौं फर्कने क्रममा प्रेश सेन्टर नेपालले सिन्धुलीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठूलो मिहिनेत पछि माओवादी मधेसी अधिकारका लागि लड्ने पार्टी हो भन्ने  तराईका जनतामा भएकाले त्यो मिहिनेतको फल मिठो नै हुने उनले बताए। मधेसी र पुराना पार्टीले रक्सी र मासुले चुनावको परिणाम के हुन्छ भन्ने अनुमानै गर्न नसकिने जनाए । ‘प्रत्येक महिलालाई सारी र सारी भित्र एक हजार पैसा समेत बाडिएको खबर आएको छ,’ उनले भने–‘यो विकृति हो, हामीले यस्तो विकृती नगर्न भनेका छौ ।’

मधेसमा माओवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेको भन्दै उनलर् मधेसका जनतालाई राष्ट्रिय पार्टीसँग जोड्न सके देश विकासको गतिमा जाने जनाए । मधेसमा पहाड प्रतिको र पहाडमा मधेस प्रतिको सँधै आशंका हुने भएकाले त्यो गम्भिरता पुर्वक लिएर समाधान खोजिएको दाहालको दावी छ । ‘पहाडमा भन्दा तराईमा चुनावी सरगर्मी धेरै देखियो’, उनले भने, ‘निर्वाचन त पहाडमा भन्दा तराईमा धेरै लागेको पाएँ।’ इतिहासमै यो बर्ष चुनावी बर्ष भएको भन्दै, उनले प्रदेश र संघको चुनाव सफलता पुर्वक सम्पन्न हुने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ