रातु खोलाको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रातु खोलाको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,२६ भदौ ।
महोत्तरी र धनुषाको सीमानामा पर्ने रातु खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएपछि गएराति देखि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा महोत्तरीको बर्दिवास र धनुषाको ढल्केबर सहित पूर्व पश्चिम राजमार्गको ठाउँ–ठाउँमा सयौँ गाडी रोकिँदा यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन् । एम्बुलेन्स समेत चल्न सकेका छैनन् ।

साउन अन्तिम साता आएको भीषण वर्षापछि रातु खोलाको पुलमा पश्चिम तर्फको ४ नम्वर पिल्लर भासिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो ।

पुल भासिएको ठाउँमा सडक डिभिजन कार्यालय मुजेलिया धनुषाले बेलीब्रिज जडानको काम गरिरहेको छ । बेलीब्रिज जडान गर्ने काम लगभग सक्किएकाले बेली ब्रिजबाट यातयात सञ्चालनको तयारी भैरहेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ