प्रधानमन्त्रीले आज चौथो पटक मन्त्रीपरिरषद विस्तार गर्दै ,ईतिहासकै ठुलो मन्त्रीमण्डल

प्रधानमन्त्रीले आज चौथो पटक मन्त्रीपरिरषद विस्तार गर्दै ,ईतिहासकै ठुलो मन्त्रीमण्डल

  • आइतवार, भदौ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, भदौ २५।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर आज चौथो पटकं मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्री देउवाले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसबारे राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको तर मन्त्रीपरिषद् आजै कि भोलि विस्तार हुने भन्ने टुंगो लागिनसकेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको छ । तर प्रधानमन्त्रीले अहिले राज्य मन्त्री नियुक्त नगर्ने अडान राख्नुभएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गर्नुभएको छ ।

मन्त्रीपरिषद्मा अहिले प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय जम्बो मन्त्रीपरिषद रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ