कम्युनिस्ट विचारलाई परास्त गर्नु नै विपीको समाजवाद

कम्युनिस्ट विचारलाई परास्त गर्नु नै विपीको समाजवाद

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

 

चरिकोट, २४ भदौ । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालमा कम्युनिस्ट विचारलाई परास्त गर्नु नै विपीको समाजवादको उद्देश्य रहेको बताउनु भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति, दोलखाले आज यहाँ आयोजना गरेको १०४औँ बिपी जयन्तीको अवसरमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले बिपीको समाजवादी चिन्तनको आत्मसात् गरेमात्रै नेपाल र नेपाली जनताको हित हुने बताउनुभयो ।

नेता महतले काँग्रेस मुलुकको सबैभन्दा ठूलो राष्ट्रवादी पार्टी भएको दाबी गर्दै उहाँले सडकमा कुर्लेर मात्रै राष्ट्रवादी नहोइने बताउनुभयो । काँग्रेसलाई अराष्ट्रवादी आरोप लगाउने पार्टीनै दक्षिणपन्थीको पिछलग्गु भएको उहाँको भनाइ थियो ।

एमालेप्रति लक्षित गर्दै नेता डा महतले भन्नुभयो, “‘बयलगाडा चढेर अमेरिका जान खोज्नु’ र ‘गणतन्त्रको सपना देख्नु’ उस्तै हो भनेर भजन गाउने नै आज राष्ट्रवादी बनेर सडकमा कुर्लेको देख्दा लाजमर्दाे भएको छ ।”

कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले मुलुकको विकास काँग्रेसले मात्रै गर्ने बताउँदै प्रदेश र संघको निर्वाचनमा काँग्रेस ठूलो पार्टी बन्ने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ