राजधानीको फोहोर फाल्न नयाँ ठाउँ खोजिदैं

राजधानीको फोहोर फाल्न नयाँ ठाउँ खोजिदैं

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, भदौ २४ । सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको छ ।

नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका स्थानीयवासीले पटकपटक अवरोध खडा गरेपछि ओखरपौवाबाट २ किमि दूरीमा पर्ने बञ्चरे डाँडामा विकल्प खोजेको हो ।

उक्त ठाउँमा ल्यान्ड फिल्ड साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुने छ । त्यहाँ मानव बस्ती पनि छैन ।

शुक्रबार नुवाकोट ओखरपौवावासी र सम्बन्धित सरकारी निकायबीच भएको वार्ता निश्कर्षमा पुग्न सकेन । वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सिसडोलबाट फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाबाट २ किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडाबाहेक अर्को विकल्प नभएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ