कांग्रेस नेता लोहारको निधन

कांग्रेस नेता लोहारको निधन

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौ २४ भदौ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको ७४ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ ।

केही समय यता मधुमेह, मिर्गाैला र उच्च रक्तचापबाट पीडित लोहारको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

लोहारले कांग्रेसको संगठनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कन्चनपूरमा जन्मिनु भएका उहाँको श्रीमती, एक छोरा र चार छोरी रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ