काठमाडौ ,२४ भदौ ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती आज नेपाली कांग्रेस र उसका भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।
नेपालका राजनितिक विकासक्रममा दूरदर्शी र आदर्श राजनीतिज्ञका रुपमा परिचित बिपीको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो ।
नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका बिपी कोइराला २०१५ सालको आम चुनावपछि प्रधानमन्त्री बन्नुभएको थियो । बिपीको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि नेपाली राजनितिमा उत्तिकै सान्दर्भिक मान्छिन ।
कोइराला कुशल राजनितिज्ञ मात्र नभइ प्रखर साहित्यकार रुपमा समेत लोकप्रिय र चर्चित हुनुहन्छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने विपी कोइरालाका डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
कोइरालाका दोषी चश्मा, तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाई, बाबु, आमा र छोरा लगायत कृति लोकप्रिय छन् । उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो ।