२ दिनमै २० हजारले गरे “दशैंको बेला सस्तो मेला” को अबलोकन , पशुपति शंशेर राणाले पनि गरे मेला अबलोकन 

२ दिनमै २० हजारले गरे “दशैंको बेला सस्तो मेला” को अबलोकन , पशुपति शंशेर राणाले पनि गरे मेला अबलोकन 

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, भदौ २३। 
दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले मेला स्थलमा प्रबेश गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले  बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शशेर राणाले पनि अबलोकन गरेका छन् । अबलोकपछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र ब्यबशायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने  मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए ।
बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका  स्टलहरु रहेका छन् ।
 मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।
मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी