काठमाडौ ,२३ भदौ ।
तेस्रो चरणको स्थानीय चुनावको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयर पदका उम्मेदवारको घरमा नचिनेका मान्छेको समूहले बम विस्फोट गराएको छ ।
गएराति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोट गराएको हो । घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ ।
धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभएको छ ।
विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटना स्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline