अग्रिम टिकट बुकिङ नखुलाउने व्यवसायीलाई कारबाही गर्ने सरकारको तयारी

अग्रिम टिकट बुकिङ नखुलाउने व्यवसायीलाई कारबाही गर्ने सरकारको तयारी

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २३भदौ ।

सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गर्ने तयारी गरेको छ ।

हिजो देखि नै अग्रिम टिकट बुकिङ खुलाउन यसअघि नै व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भए पनि उनीहरुले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गरेपछि विभागले कारवाहीको तयारी गरेको हो ।

हिजो टिकट बुकिङ नगरेका व्यवसायीलाई आज टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेज सम्म गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

उहाँले कुनै पनि हालतमा छतमा यात्रु राख्न नदिने भन्दै त्यसो गरेको भेटिए इजाजत खारेज गरिदिने स्पष्ट पार्नुभयो । यस्तै उहाँले त्यसका लागि आज देखि १० वटा अनुगमन टोली खटिएको जानकारी पनि दिनुभयो ।

टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गरिदिने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ