काठमाडौ २३ भदौ ।
व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा देवानी संहिता विधेयक र विभिन्न आयोग गठन सम्बन्धी प्रस्तावमा छलफल हुने जनाइएको छ ।
मुलुकी ऐन प्रतिस्थापन गर्न तयार पारिएको मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता आजको बैठकबाट पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । यसअघि संसदकबो विध्ययन समितिबाट उक्त विधेयक पारित भइसकेका छन् ।
आजको बैठकमा उपप्रधान एवम् संघिया मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारले सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक, थारु आयोग विधेयक र मुस्लिम आयोग विधेयक प्रस्तुत गर्नुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline