सुन तस्करी खोज्न प्रहरीको ‘एम्बुस टोली’ : यस्तो छ योजना

सुन तस्करी खोज्न प्रहरीको ‘एम्बुस टोली’ : यस्तो छ योजना

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेपाल प्रहरीले ८८ केजी सुन तस्करीमा संलग्न गिरोह खोज्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका सबै नाकामा एम्बुस टोली परिचालन गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा तथा जिल्लास्थित अनुसन्धानमा संलग्न संयन्त्रलाई तस्कर रिुद्धको अपरेसनमा तैनाथ गराइएको हो ।

सुन कारोबारमा संलग्न व्यक्ति देश छोडेर भाग्नसक्ने भन्दै प्रहरीले आशंका गरिएका केही व्यक्तिको हुलिया समेत अध्यागमन विभाग र विमानस्थलका सुरक्षार्कीलाई उपलब्ध गराएको छ ।

महाशाखा र ब्युरोले निगरानी बढाएको क्षेत्रहरु
-काकडभिट्टा (झापा)
-वीरगन्ज
-तातोपानी (सिन्धुपाल्चोक)
-वेलहिया (रुपन्देही)
-जमुनाह (बाँके)
-मोहना (कैलाली)
-गड्डाचौकी (कन्चनपुर)
-रसुवागढी (रसुवा)
-कोरला (मुस्ताङ)
तथा उत्तरी क्षेत्रका अन्य सम्भावित तस्करीका केन्द्र तथा आसपासमा प्रहरी संयन्त्रले निगरानी बढाएको खबर आजको कारोबारमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ