घुस लिदै गर्दा तीन कर्मचारी पक्राउ

घुस लिदै गर्दा तीन कर्मचारी पक्राउ

  • बिहिबार, भदौ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, भदौ २२।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विहान पाँच लाख घुस लिँदै गर्दा तीन जना कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पक्राउ गरेको हो ।

आयोगको टोलीले भक्तपुरको सल्लाघारी स्थित युनिभर्सल तन्दुरी क्याफेमा पाँच लाख रुपैया घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेले ४५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी एक हजार ५०० दरले छ लाख ७५ हजार माग गरेका थिए ।

तर बार्गे्निङ गर्दा पाँच लाखमात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ