दलहरुले आचारसंहिता पालना नगरेको भन्दै आयोग थप कडाई गर्ने तयारीमा

दलहरुले आचारसंहिता पालना नगरेको भन्दै आयोग थप कडाई गर्ने तयारीमा

  • बिहिबार, भदौ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं ,भदौ २२ ।
प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा दल तथा तीनका कार्यकर्ताले आचारसंहिता विपरितका कार्य गरेको भन्दै निर्वाचन आयोगले कडाई गर्ने भएको छ ।

हिजो उम्मेद्वारी मनोनयनका क्रममा बालवालिकालाई जुलुसमा हिँडाइएको, सवारी साधनको व्यापक प्रयोग गरिएको, कतिपय स्थानमा भोज–भतेर गरिएको जस्ता गुनासा आएपछि आयोगले कडाइ गर्ने तयारी गरेको हो ।

आयोगका प्रवत्ता नवराज ढकालले आचारसंहिता विपरितका गतिविधि बढेको भन्दै यहि अबस्था रहे कडाइपूर्वक अघि बढ्ने बताउनुभयो । उहाँले आचारसंहिता अनुगमनका लागि निगरानी सुरु गरिएको समेत जानकारी दिनुभयो ।

अनुमनका लागि २ सचिव र १४ सहसचिवलाई ८ वटा जिल्लामा खटाएको प्रवत्ता ढकालले जानकारी दिनुभयो । यस्तै सुक्ष्म अनुगमनका लागि पनि जिल्ला जिल्लामा टोली परिचालन गरिएको छ ।

अनुगमनका क्रममा आचारसंहिता विपरितका गतिविधि गरेको भेटिए तत्काल कारबाही गर्ने, उम्मेद्वारी नै रद्धसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचनका लागी जारी गरेको निर्वाचन आचारसंहिता भित्रै रहेर प्रचारप्रसार तथा निर्वाचन गतिविधि गर्न सबै राजनैतीक दल तथा स्वतन्त्र उम्मेद्वारको ध्यानाकर्षण गराएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ